बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको हो: प्रधानमन्त्री देउवा

ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको हो: प्रधानमन्त्री देउवा

रुपन्देही । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।

‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend