logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ: रामचन्द्र पौडेल

    एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ: रामचन्द्र पौडेल

    5.9K
    Shares

    बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले एमालेलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाए ।

    उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहका चुनावमा पराजित गर्नुपर्ने भनाइ राखे ।

    ‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’ पौडेलले भने । ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको भन्दै पौडेलले राजनीतिक स्थिरताका लागि प्रगतिशील गठबन्धनलाई बलियो बनाएर एमालेका गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend