logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरे: राजेन्द्र लिङ्देन

    एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरे: राजेन्द्र लिङ्देन

    2.5K
    Shares

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन् । ठूला भनिएका दलहरूले जनतालाई कर बढाउने र भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ ।

    पोखरामा शनिबार आयोजित आम सभालाई सम्बोधन गर्दै लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी नष्ट हुन दिने तर भ्रष्ट हुन नदिने प्रतिबद्धता जनाए । राप्रपाका उम्मेदवारलाई जिताए पोखरा महानगर भ्रष्टाचारमुक्त हुने उनको भनाइ छ।

    ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन,’ उनले भने, ‘यो पटक राप्रपाका उम्मेदवारहरूलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु।’ एमाले र कांग्रेसलाई पत्तासाफ पार्न राप्रपालाई मतदान गर्नुपर्ने लिङ्देनले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend