logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गठबन्धन अब धेरै टिक्दैन, असार १७ गते अन्त्य हुन्छ: अध्यक्ष ओली

    गठबन्धन अब धेरै टिक्दैन, असार १७ गते अन्त्य हुन्छ: अध्यक्ष ओली

    5.9K
    Shares

     

    मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका छन् । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिर गरे ।

    गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले एमालेसँग एक्लै लड्ने हिम्मत नभएका दलहरूले देश बनाउन नसक्ने पनि बताएका थिए । ‘एमाले एक्लै लड्छ र गठबन्धनका पाँचै भाइलाई वैशाख ३० गतेपछि एउटै बट्टामा प्याक गर्छ,’ओलीले भने ।

    एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend