logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय महिला तथा पुरुष भलिबल: आर्मीका दुबै टोलीलाई उपाधि

    राष्ट्रिय महिला तथा पुरुष भलिबल: आर्मीका दुबै टोलीलाई उपाधि

    3.7K
    Shares

    काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुष र महिला तर्फको दुबै उपाधि त्रिभुवन आर्मी क्लबले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सम्पन्न लिगको अन्तिम खेलमा पुरुष तर्फ आर्मीले हेल्प नेपाललाई र महिला तर्फ आर्मीले पुलिसलाई हराउँदै उपाधि जितेका हुन । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

    यससँगै आर्मीले क्लब लिग भलिबल प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो । अघिल्लो संस्करणमा हेल्प नेपालसँग पराजित भएको आर्मीले शनिबार भएको खेलमा बदला लिँदै उपाधि उचाल्न सफल भएको हो । अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको आर्मीले हेल्प नेपालमाथि शनिबार २५–१५, २५–१८, २६–२८ र २८–२६ को सेटमा जित निकालेको हो ।

    विजयी आर्मीले नगद ६ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको हेल्प नेपालले ३ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गरे ।

    सात टोलीले सहभागिता जनाएको लिग भलिबलमा आर्मीले सबै खेलमा स्पष्ट जित निकाल्न सफल भएको हो । ६ खेल खेलेको आर्मीले १८ अंक जोड्दा उपविजेता बनेको हेल्प नेपालले १४ अंक जोड्न सक्यो ।

    प्रतियोगिता अन्तर्गत शनिबार नै भएको लिगको अन्तिम खेलमा पुलिससँग समान ९ अंक भए पनि सेटको आधारमा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० को सहज जित निकालेको हो । यससँगै महिला तर्फ पनि आर्मी पहिलो पटक क्लब लिग भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।

    रोमाञ्चक जित निकालेको महिलाको आर्मी टिमलले पनि नगद ६ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसल ३ लाख रुपैयाँ हात पा¥यो । यस्तै समान अंक भएपनि तेस्रो भएको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरे ।

    प्रतियोगिता अन्तर्गत शनिबार भएको दिनको पहिलो खेलमा गण्डकीले गल्कोट स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हरायो । गण्डकीले गल्कोटमाथि २५–२३, २३–२५,२५–२० र २५–१५ को सेटमा जित निकालेको हो । यस्तै पुलिसले आफ्नो अन्तिम खेलमा एपीएफलाई ३–२ को सेटमा हराएर तेस्रो स्थान हासिल ग¥यो । रोमान्चक खेलको सुरुआती दुई सेट पुलिसले २५–२१ र २५–२३ ले जितेको थियो । तर, त्यसपछिको दुई सेट एपीएफले २५–१९ र २५–२० ले जित्दै खेल पाँचौं सेटमा पुगेको थियो । त्यसपछि पाँचौं सेटमा पुलिसले १८–१६ ले जित्दै खेल आफ्नो बनाएको थियो ।

    नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो । सात दिन सम्म आयोजना भएको प्रतियोगितामा सर्वाेत्कृष्ट घोषित भएका पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार रुपैयाँ प्राप्त गर्दा व्यक्तिगत विधा तर्फ उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend