logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • ५८७ मतदाता भएको सुस्ता गाउँपालिकामा २ निर्वाचन केन्द्र

    ५८७ मतदाता भएको सुस्ता गाउँपालिकामा २ निर्वाचन केन्द्र

    2.7K
    Shares

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ५ सयभन्दा कम मतदाता भएका २ निर्वाचन केन्द्र रहेका छन् । गाउँपालिकामा ५ वटा वडा छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । सो केन्द्रमा २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिए ।

    त्यस्तै सोही वडाको जनता दलित आधारभूत विद्यालय केन्द्रमा ३ सय ३० मतदाता छन् । यो केन्द्र भारतीय पक्षले पटक–पटक अतिक्रमण गर्ने क्षेत्र हो । सुस्ता गाउँपालिकामा कूल २३ हजार ९ सय ५९ मतदाता छन् ।

    यसैबीच जिल्लाका ७ स्थानीय तहमा कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेको जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि १४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

    १ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी रहने छन् । ५ सयभन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी रहने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend