logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो : ओली

    कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो : ओली

    7.4K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले राजनीतिक दलको मर्ममाथि प्रहार गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

    हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने ओलीले बताए । ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ,’ उनले भने ।

    एमालेले उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण र सामाजिक न्याय, सुशासन अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका काम गरिरहेका बेला कांग्रेसको षडयन्त्रले चरम उत्कर्षको रूप लिएको उनको भनाइ छ ।

    ‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम ग¥यो,’ ओलीले भने, ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो ।’

    उनले कांग्रेससँग देश विकासका लागि कुनै योजना हिजो नभएको, आज बनाउन नसकेको र भोलि पनि नहुने ठोकुवा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend