मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

चुनावकाे दिन मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना

चुनावकाे दिन मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।

विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हलुका वर्षाको सम्भावना छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार(पश्चिम बंगालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहेको छ। दक्षिण बंगालको खाडीमा असानी नामको चक्रवात विकसित भइरहेको र उक्त प्रणाली उत्तरपश्चिम भारततर्फ सर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्नसक्ने विभागले जनाएको छ।

विभागका अनुसार, २८ वैशाख बुधबारदेखि नै देशभरि सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ। २८ र २९ वैशाखमा देशका विभिन्न स्थानमा हलुकादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्नसक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह पनि गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend