भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेयले भरतपुर महानगरपालिकालाई ५ वर्षसम्म पार्टी कार्यालय जस्तो बनाएको बताएका छन् ।
महानगर दिने सुविधा लिन आउँदा कुन पार्टीको मान्छे होस् भनेर मात्र महानगर अनुकुललाई मात्रै सेवा दिने गरेको बताएका हुन् ।
भरतपुरमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेयले ५ वर्षमा महानगरलाई आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाए ।
राप्रपा र एमालेको विचार सिद्धान्त अलग भएपनि राष्ट्र निर्माणमा एक भएको बताए । राष्ट्रियताको सवालमा केपी शर्मा ओलीलाई उच्च स्थानमा राखेको उनले बताए ।