logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउँछु: केशव स्थापित

    मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउँछु: केशव स्थापित

    6.8K
    Shares

    काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई ‘बिना पर्खालको खुल्ला काठमाडौं’ बनाउने बताएका छन् । आज (आइतवार) काठमडौंमा आयोजित अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गरे । उनले काठमाडौंभित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरे व्यहोर्ने पनि बताए ।

    उनले काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गरे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend