logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    8.3K
    Shares

    सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । अनियन्त्रित भई पल्टिएको प्र २–०१–००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका राजिन पोद्दारका छोरा १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन् । शिवको शवपरीक्षणका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend