logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहचालकले गरे माइक्रोबस भित्रै यात्रारत बालिकामाथी बलात्कार

    सहचालकले गरे माइक्रोबस भित्रै यात्रारत बालिकामाथी बलात्कार

    9.4K
    Shares

    इलाम । इलाममा सहचालकले आफ्नै सवारी साधनमा यात्रा गर्ने बालिकालाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुुसार वैशाख २० गते यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौंबाट इलाम पुगेको थियो ।

    बसमा भएका सबै यात्रु ओर्लिएपछि सोही बसमा अभिभावक कुरेर बसेकी बालिकालाई सहचालक नुवाकोटको बेल्कोट–१३ का विनय वाग्लेले हातपात गरे ।

    किशोरीलाई हातपात गर्दागर्दै बालिकाका अभिभावक पुगेपछि वाग्ले भागे भने चालक दिपक ढुंगाना आइपुगे । किशोरीका अभिभावकले चालक ढुंगानालाई मरणासन्न हुनेगरि कुटे ।

    जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले भने, ‘सहचालक भागेका बेला चालक ढुंगाना त्यहीं आइपुगेकाले उनीमाथि आक्रमण र कुटपिट भएको देखिन्छ ।’

    कुटपिटपछि गम्भीर घाइते ढुंगानालाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । तर, उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएकोमा उनको शनिबार मृत्यु भयो ।

    कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले सन्दकपुर गाउँपालिकाको आलुबारीबाट पक्राउ गरेको छ भने सहचालक वाग्लेलाई इलाम बजारको तल्लो भेगबाट सोही दिन पक्राउ गरेको छ । बालिकाका तर्फबाट जबरजस्तीकरणी उद्योग र मृतकको तर्फबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको जनाइएको छ ।

    प्रहरी प्रमुख एसपी श्रेष्ठले मृत्यु भएका चालक ढुंगाना र सहचालक वाग्लेले योजनाबद्ध रूपमा ती बालिकालाई हातपात गर्ने प्रयास गरेको दाबी गरे । ‘चालकले मौका मिल्ने ठाउँमा गाडी रोकिदिने र आफू कतै जाने, त्यसपछि सहचालकले बालिकालाई हातपात गर्ने योजना बनेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend