बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी गठन

चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी गठन

काठमाडौं । पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औंपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।

कतिपय केन्द्रिय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए । उनले नयाँ आफ्नो पार्टीको कार्यनीति बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे ।

सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend