सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

वीर अस्पताललाई दुई वटा मेसिन उपलब्ध गराइयो

वीर अस्पताललाई दुई वटा मेसिन उपलब्ध गराइयो

 

काठमाडौं । काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए ।

यता, अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend