बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

ओलीले देशलाई उल्टो बोटोमा धकेले: गगन थापा

ओलीले देशलाई उल्टो बोटोमा धकेले: गगन थापा

काठमाडौं । सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले एमालेका अध्यक्ष केपी ओलीले देशलाई उल्टो बाटोमा धकेलेको आरोप लगाएका छन् । कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले आज (सोमबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले देशलाई सही बाटोमा हिँडाउन गठबन्धन अहिलेको अपरिहार्यता रहेको बताए ।

शिक्षा, रोजगारी, विकास निर्माणका पूर्वाधारलगायतका क्षेत्रमा काम गर्नुपर्ने वेला ओलीले ओलीले दुई–दुईपटक संसद् विघटन गरेर देशमा अस्थिरता निम्त्याएको थापाको दाबी छ ।

थापाले एमालेको विकासको दृष्टिकोणमा नै खोट रहेको बताउँदै भने, ‘ठूल्ठूला पानी जहाज कुदाउँछु । रेल कुदाउँछु । ठूल्ठूला भौतिक पूर्वाधारका काम गर्छु । घर–घरका ग्यास पुर्याउँछु । घर–घरमा ग्यास पुर्याउनु सामान्य कुरा हो रु हिजो मैले सुनेँ, ओलीले भन्नुभयो, मैले बनाएको सडक खोइ रु मैले शिलान्यास गरेको पालिकाका अस्पतालहरू खोइ रु बजेट नै व्यवस्था नगरी कागजमा उद्घाटन गर्नुको कुनै अर्थ हुन्छ रु’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend