सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

मुलुकलाई तानाशाही अराजकताको भूमरीतर्फ जान नदिन गठबन्धनको जन्म भएको हो: प्रचण्ड

मुलुकलाई तानाशाही अराजकताको भूमरीतर्फ जान नदिन गठबन्धनको जन्म भएको हो: प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहने बताएका छन् । उनले मुलुकलाई निरंकुशसता तानाशाही अराजकताको भूमरीतर्फ जान नदिनका लागि गठबन्धनको जन्म भएको बताए ।

‘गठबन्धन १० वर्षसम्म लैजाने कुरामा प्रधानमन्त्री शेरबहादुरजी सहमत हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै मुलुक समाजवादको बाटोमा अघि बढेको नयाँ युग सुरु हुन्छ ।’

उनले गठबन्धनलाई जिताउनु भनेको देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनु नै भएको बताए । ‘यसो भन्दै गर्दा मलाई छोरीलाई नजिताए देश दुर्घटनामा जान्छ भन्यो भनेर फतुर लगाएका छन्,’ उनले भने, ‘नेपाली जनताले बुझेका छन्, गठबन्धनलाई जिताएपछि मात्रै देश राजनीतिक दुर्घटनाबाट मात्रै बच्ने छैन, देशमा राजनीतिक स्थायित्व र विकासतर्फ अघि बढ्ने छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend