logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मकवानपुरमा निर्वाचनको तयारी पूरा

    मकवानपुरमा निर्वाचनको तयारी पूरा

    7K
    Shares

     

     

    हेटौँडा । मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन् ।

    निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थलहरूमा मंगलबारबाट निर्वाचन अधिकृतसहितका कर्मचारीहरू खटिँदैछन् भने विकट गाउँपालिकाका मतदान केन्द्रमा भने सोमबार नै मतदान अधिकृतहरु खटिइसकेका छन् ।

    मंगलबार बेलुकासम्म कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिकाअनुसार काम गर्न थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । मकवानपुर जिल्लामा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend