आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ, एमालेलाई जिताउनुस्: अध्यक्ष ओली

एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ, एमालेलाई जिताउनुस्: अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेलाई जिताउन आग्रह गरेका हुन् ।

‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, सहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ,’ उनले भने । उनले अहिले सबैभन्दा बढी नेपाली काँग्रेसका कार्यकर्तालाई परिरहेको बताए ।

उनले भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । मेरी छोरीलाई भोट हालेनौ भने मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । काँग्रेसले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरूको जिम्मा लिनुपर्छ ।’ उनले एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend