logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • भरतपुरमा सत्ता गठवन्धनले झोलाका झोला पैसा बाँडेको जगन्नाथ पौडेलको आरोप

    भरतपुरमा सत्ता गठवन्धनले झोलाका झोला पैसा बाँडेको जगन्नाथ पौडेलको आरोप

    7.4K
    Shares

     

    चितवन । भरतपुर महागनरपालिकामा नेपाली कांग्रेसका नेता एवं मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका छन् । मालपोत चोकमा मंगलबार आयोजित कोणसभामा उनले सत्ता गठबन्धनले झोलाका झोला पाँच हजारदेखि दश हजार रुपियाँ नगद र साडी बाँडेको सूचना आफूलाई आएको खुलासा गरेका हुन् ।

    त्यसको अगुवाइ कांग्रेसकै नेताले गरिहेको भन्दै पौडेलले चुनाव प्रभावित गर्न अनेकखालका प्रयास थालिएको बताए । उनले त्यसलाई रोक्न र दोषीलाई कारवाही गर्न पनि सम्वन्धित निकायसँग आग्रह गरे ।

    पौडेलले कांग्रेस जोगाउन आफूले विद्रोह गरेको बताउँदै आफूले हारे पनि वा जिते पनि आफ्नो अभियान देशभर जानुपर्ने बताए । आफूलाई भेट्न कांग्रेसका धेरै नेता कार्यकर्ता आउने गरेको उनले बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend