logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • डडेल्धुरामा काँग्रेसलाई जिताए विकास गरेर राजधानी बनाउँछु: प्रधानमन्त्री देउवा

    डडेल्धुरामा काँग्रेसलाई जिताए विकास गरेर राजधानी बनाउँछु: प्रधानमन्त्री देउवा

    7.1K
    Shares

    डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनु पर्ने बताएका छन् । आज (मंगलबार) डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने बताए ।

    उनले भने, ‘म प्रधानमन्त्री भएको छु । सबैभन्दा बढी बजेट यहाँ राख्ने छु । पूर्वाधार बन्यो भने भोलि यहाँ सुदूरपश्चिमको राजधानी सार्न सकिन्छ ।’ भौतिक संरचना नभएकाले प्रदेश राजधानी डडेल्धुरामा ल्याउन नसकिएको भन्दै भोलि ल्याउन सकिने बताए । विपक्षीले डडेल्धुरालाई राजधानी बनाउछु भनेर आश्वासन मात्र दिएको आफूमाथि लागेको आरोपको देउवाले खण्डन गरे । ‘पालमुनि कही सभासदको हल बन्छ रु यति त बुझ्नु पर्यो नि रु यस्ता झुटा बोल्ने मान्छेलाई मैले के भन्ने रु यस्ता फटाहसँग के भन्ने मैले रु,’ देउवा आक्रोशित सुनिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend