सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

हाम्रो राजनीतिप्रति युवाहरु रिसाउनुभएको छ, युवा सचेत नभए गलत व्यक्ति निर्वाचित हुन सक्छ: थापा

हाम्रो राजनीतिप्रति युवाहरु रिसाउनुभएको छ, युवा सचेत नभए गलत व्यक्ति निर्वाचित हुन सक्छ: थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्व चयनमा युवा सचेत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले युवालाई अहिलेको राजनीति चित्त नबुझेको र यसलाई बदल्ने चाहना रहेको भन्दै तर मत हाल्दा विचार नगरे गलत व्यक्ति निर्वाचित हुन सक्ने बताए ।

‘युवाहरु रिसाउनुभएको छ । उहाँहरुमा आक्रोश छ, उहाँहरुलाई हाम्रो राजनीतिप्रति चित्त बुझिरहेको छैन, हाम्रो कुरा मन परिरहेको छैन, म बुझ्दछु, यसका जायज कारण पनि छन्, हामीले आफूलाई बदल्नुपर्नेछ । युवासँग संगत बढाउनुपर्नेछ’ थापाले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend