लालबन्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हिसाबकिताब वैशाख ३० गते हुने बताएका छन् । उनले अध्यक्ष ओलीले भ्रम र झूटको खेती गरिरहेको आरोप लगाएका छन् । स्थानीय निर्वाचनमा गठबन्धनका लागि मत माग्दै हिँडेका उनी आज सर्लाहीको लालबन्दी आइपुगेका थिए ।
नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, लोकतन्त्रविरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे।