काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको चाप बढेको छ ।
ती क्षेत्रमा मानिसहरुको भीड बढेपछि ट्राफिक जामको अवस्था छ । विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको भएपनि अघिपछिको भन्दा आज बढी चाप भएको हो ।
कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफनो मतदाता नामावलीमा नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने व्यवस्था छ । सोही कारण पनि मतदान गर्न उपत्यका छाडेर घर फर्किएको संख्या बढेको हो ।