logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

    आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

    4.4K
    Shares

     

    काठमाडौं । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोग, नेपालले आज र भोलि मतदाता परिचय पत्र वतरण गर्दैछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

    आयेगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।

    आयोगले स्थानीय तहको निर्वाचनका लागि मंगलवार रातिबाट लागू हुने गरेर मौनावधि शुरु भएको जनाएको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend