शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सुनको मूल्यमा गिरावट, यतिमा हुदैछ कारोबार

सुनको मूल्यमा गिरावट, यतिमा हुदैछ कारोबार

 

काठमाडौं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज ३० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend