जनकपुरधाम । सिराहामा मौन अवधिका क्रममा मतदातालाई पैसा बाँड्ने माओवादी कार्यकर्ता पक्राउ परेका छन् । स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा एक व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रेमकुमार लामा रहेका छन् । उनि सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् । लामालाई गोलबजार नगरपालिका २ गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएका थिए ।
प्रहरीसमक्ष अन्य केही व्यक्तिले लामाले रकम बाँडेको बयान दिएका छन् । गोल बजारका प्रहरी निरीक्षक राजु केसीले पैसा बाँड्न लागेको भन्दै लामालाई नियन्त्रणमा लिएर बुझाइएको पुष्टि गरे ।
उनले लामाबाट मतपत्र र ९ हजार रुपैयाँ बरामद भएको तथा थप अनुसन्धान भइरहेको बताए ।