
धादिङ । धादिङमा एमालेका कार्यकर्तामाथी कुटपिट भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका मा एमालेका कार्यकर्ता कुटिएका छन् । त्रिपुरा सुन्दरी–१ डाडाँगाउँमा घरदैलो सहभागी भइरहेका एमाले कार्यकर्तामाथि मंगलबार कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमणबाट एमाले कार्यकर्ताहरु हरी श्रेष्ठ, रामशरण श्रेष्ठ र लेकबहादुर विक घाइते भएका छन् । जिल्लामा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौँस्थित मनमोहन मनमोहन अस्पतालमा लगिएको छ।
आक्रमणमा आफ्ना अरु दश जना कार्यकर्ता घाइते भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend