काठमाडाैं । आज र भाेलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ।
महाशाखाका अनुसार आज दिउँसाे प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।
राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।