logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • डडेल्धुराबाट धनगढी आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जना घाइते

    डडेल्धुराबाट धनगढी आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जना घाइते

    2.9K
    Shares

    धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका–२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१–०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका–८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी–५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको जानकारी दिए ।

    यस्तै, चालक अमरगढी नगरपालिका–७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका–२२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।

    घाइतेहरूको उद्धार गरेर उपचारका लागि धनगढीतर्फ पठाइएको छ । तीव्र गतिमा रहेको स्कारपीयोले रुवसकाँडाको घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

    स्कारपीयो सडकबाट करिब डेढ समय मिटर तल भिरमा खसेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend