बझाङ । स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ । बझाङ जिल्लाको १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले बताए।
जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।