logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मौन अवधिमा प्रचण्ड माडी गएपछि चितवन एमालेको आपत्ति

    मौन अवधिमा प्रचण्ड माडी गएपछि चितवन एमालेको आपत्ति

    5K
    Shares

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको माडी पुगेका छन्। विहीबार बिहान उनी माडी गएका हुन्।

    माडीमा गठबन्धनका मेयर, उपमेयर र वडाध्यक्ष लगायतका उम्मेदवारसँग भेट गर्न उनी माडी गएको एक नेताले जानकारी दिए।

    ‘अध्यक्ष माडीमा हुनुहुन्छ, त्यहाँ उहाँले मेयर, उपमेयर र वडाध्यक्ष लगायतका नेताहरुलाई भेट्नुभयो,’ ती नेताले भने, ‘माडीबाट सिधै भरतपुर आएर उहाँले आराम गर्नुहुनेछ।’

    स्थलमार्ग हुँदै बुधबार प्रचण्ड चितवन पुगेका हुन्। चितवनमा रहँदा उनी भरतपुर महानगरपालिकाकी प्रमुख पदकी गठबन्धन उम्मेदवार रेनु दाहालको निवासमा बसेका छन्।

    स्थानीय तहको शुक्रबार मतदान हुँदैछ। प्रचण्डले भरतपुर–१४ स्थित शान्तिपुर माविबाट मतदान गर्दैछन्। उनको मतदाता नामावली त्यही छ। यसैबीच, प्रचण्डसँग गठबन्धनका पाँचै दलका नेताहरुले भेट गरेका छन्। उनीहरुले भरतपुरको रेनु दाहाल निवासमै पुगेर प्रचण्डसँग भेट गरेका हुन्।

    जनतालाई भेटे कि भेटेनन्रु भन्ने प्रश्नमा ती नेताले भने, अहिले प्रचण्डले कोही जनतासँग नभेटेको जवाफ दिए। ‘पाँच दलका नेताहरुले भेट्नुभएको हो, नेपाली कांग्रेसका साथीहरु त सँगै पनि हुनुहुन्छ,’ ती नेताले थपे।

    दाहाल माडी गएपछि मौन अवधिको उल्लंघन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ । मौन अवधिमा माडी गएर होटलमा कार्यक्रम गरेर नेता कार्यकर्ताहरूलाई भेटेको जानकारी आयो । यो आचारसंहिताको उल्लंघन हो, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend