शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बझाङ: सेतीनदीमा हाम फालेर एक जना बेपत्ता

बझाङ: सेतीनदीमा हाम फालेर एक जना बेपत्ता

 

काठमाडौं । बझाङको सेतीनदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । आज (बिहीबार) विहान ९ बजे जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार नजिकै सिमभाडी भन्ने ठाउँबाट हामफालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय केशवबहादुर सिंह नदीमा हाम फालेर बेपत्ता भएको जनाएको छ ।

कार्यालय जिल्ला प्रहरी कार्यालयअनुसार सिंहको केही समय अघिदेखि नै मानसिक सन्तुलन विग्रेको बुझिन आएको छ । सिंहको प्रहरी र सशस्त्रको टोलीले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend