logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मौन अवधिमा बोले स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह

    मौन अवधिमा बोले स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह

    10.6K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मौन अवधिमा आफूविरुद्ध दुष्प्रचार भएको बताएका छन् । मौन अवधिमा मौन रहेका शाहले आफूविरुद्ध दुष्प्रचार भएपछि बिहीबार फेसबुकमार्फत यस्तो बताएका हुन् ।

    ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ,’ उनले भनेका छन्, ‘हामी स्वतन्त्र छौं ।’

    उनले फेसबुकमा लेखेका छन्, ‘‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपुर्व हामी मतदाताहरुको ुघरदैलोमा प्रवेशु गर्ने र हाम्रा मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु गरेका छैनौँ ।
    निर्वाचन भन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सहि उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।
    तर, यहि समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरुमाथिको अन्याय हो । मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन हार्दिक अपिल गर्दछौँ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend