मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी परिचालन

रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी परिचालन

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ । जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो । मतदान सम्पन्न गराउन २५५ कर्मचारी, १५३ स्वयंसेवक र आवश्यकतानुसार सुरक्षाकर्मीसमेत सम्बन्धित मतदान केन्द्रमा परिचालन भइसकेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

मतदानका लागि बुथ निर्माण र मतदान अधिकृतद्वारा सर्वदलीय बैठकसमेत सम्पन्न गराइसकेका कारण मतदान सहजरूपले सम्पन्न हुने धुञ्चे मतदान केन्द्र प्रमुख गीता पोखरेलले बताए । यस्तै दूरदराजको क्षेत्र लाङ्टाङमा मतदान सम्पन्न भएपछि गणनाका लागि हेलिकप्टरमार्फत मतपेटिका धुञ्चे ल्याउने तय भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा पाँच मतदान अधिकृतको कार्यालय स्थापना भएको र लाङ्टाङ क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने भएकाले गणनाका लागि सदरमुकाम ल्याउन लागिएको हो । यस्तै मतगणनास्थलमा सिसी क्यामरासहित सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend