logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बुथ कब्जा गर्न खोजेपछि दोलखाको बैतेश्वरमा तनाव, मतदान स्थगित

    बुथ कब्जा गर्न खोजेपछि दोलखाको बैतेश्वरमा तनाव, मतदान स्थगित

    5.4K
    Shares

    काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।

    पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो। मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन्।

    वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्।

    अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी जानकारी दिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend