काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्र अनुसार काम गर्ने बताएकी छन् ।
बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफू विजयी बने काठमाडौँ महानगरका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बताएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।