बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ३ राउन्ड हवाई फायर

बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ३ राउन्ड हवाई फायर

काठमाडौं । बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतदानका लागि लाइनमा बस्ने विषयमा आज नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बूढीगंगा नगरपालिका–९ मा झडप भएको र स्थिति नियन्त्रणमा लिन तीन राउन्ड हवाईफायर गर्नुपरेको बताए ।

“स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भयो । स्थिति नियन्त्रण बाहिर जाने भएपछि तीन राउन्ड हवाईफायर गर्नुपरेको हो,” उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend