बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

उत्तर कोरियामा कोभिड–१९ सङ्क्रमित एक जनाको मृत्यु

उत्तर कोरियामा कोभिड–१९ सङ्क्रमित एक जनाको मृत्यु

रासस/एएफपी । उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ । उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ ।

कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो ।सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए । यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ । यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend