
सुर्खेत । सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले रूख ढलाउँदा किचेर मृत्यु भएको हो ।
दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो । सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend