२०८१ मंसिर ७ शुक्रबार
महोत्तरी । महोत्तरीको पिपरामा १ सय ५ वर्षका वृद्धले मतदान गरेका छन् । जिल्लाको राम अजोधिया उच्च मावि पिपराबाट अनिरुद्ध मिश्रले आफ्नो नातिको सहायतामा मतदान गरेका हुन् ।
उनले आफूले मतदान गरेका व्यक्तिले जितेर विकास गर्नेछन् भन्ने विश्वास रहेको बताए ।