बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

भरतपुर महानगरमा ९ बजे सर्वदलीय बैठक बस्दै, राती १२ बजेदेखि मतगणना गर्ने

भरतपुर महानगरमा ९ बजे सर्वदलीय बैठक बस्दै, राती १२ बजेदेखि मतगणना गर्ने

 

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका लागि शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो।

सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend