बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

 

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।

जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend