मनाङ् – मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
त्यहाँका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार चामे गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अग्रता कायम गरेका हुन्।
उनले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्। भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा पनि एमालेका उम्मेदवार आशकुमारी गुरुङले १५४ मत प्राप्त गरी अग्रता कायम गरेकी छन्। भने उनकी प्रतिद्वन्दी नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार मिङ्मार ढोमा लामाले १२९ मत प्राप्त गरेकी छन्।
एमालेका उमेद्वार घले यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए।
मुख्य निर्वाचन अधिकृत खनालका अनुसार वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ। उक्त गाउँपालिकामा ५ वटा वडा छन्। मतगणना भएका वडाहरूको वडाध्यक्षसहित सदस्यहरू निर्विरोध भएका थिए।