काठमाण्डौ नेपाली कांग्रेसले बिजयीको शुरुवात गरेको छ।
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएपछी कांग्रेसको बिजयी शरुवात भएको हो।
अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले १५८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।