logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • धुलिखेलमा स्वतन्त्र उम्मेदवारको शुरुवाती अग्रता

    धुलिखेलमा स्वतन्त्र उम्मेदवारको शुरुवाती अग्रता

    2.1K
    Shares

    काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ । नगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।

    वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार उनले अग्रता लिएका हुन् । बस्नेतले २८३ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेकोतर्फबाट उम्मेदवार रहेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend