logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोल्पाको माडि–१ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

    रोल्पाको माडि–१ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

    7.8K
    Shares

    रोल्पा । रोल्पाको माडि गाउँपालिका वडा नम्बर एक अध्यक्षमा नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समुहको संयूक्त गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका माडि १ का वडा अध्यक्ष रोहित घर्ती मगरले ८९० मत ल्याएर तीन दलीय गठबन्धनबाट विप्लव समुहका मोहनसिंह वलीलाई पराजित गरेका हुन् । वलीले तीन दलीय गठबन्धनबाट ८४५ मत ल्याएर पराजित भएका हुन्।

     

    पालिका अध्यक्षमा माओवादीका अमरसिंह घर्तीले ७५ मत ल्याउँदा काँग्रेस, एमाले र विप्लव समुहका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८४ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८५९ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ७६७ मत ल्याएका हुन्। माडिमा मत गणना जारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend