रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
हालसम्म १०० मत गणना गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले ४४ र नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मोहन चापागाईंले ३६ मत प्राप्त गरेका छन् ।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो । शनिवार बिहान ९ बजेदेखि मतगणना शुरू भएको हो ।