logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • देशभरमा अहिलेसम्मको नतिजा: गठबन्धनलाई पछि पार्दै एमाले बन्यो पहिलो दल, कहाँ कसले जिते

    देशभरमा अहिलेसम्मको नतिजा: गठबन्धनलाई पछि पार्दै एमाले बन्यो पहिलो दल, कहाँ कसले जिते

    6.6K
    Shares
    देशभरमा अहिलेसम्मको नतिजा: गठबन्धनलाई पछि पार्दै एमाले बन्यो पहिलो दल, कहाँ कसले जिते

    काठमाडौँ – दश वटा स्थानीय तह निर्वाचनको मत परिणाम आउँदा नेकपा एमाले पहिलो दल बनेको छ।

    विभिन्न ठाँउमा भएको मतगणनाको नतिजा आउन सुरू भएपछि एमालेले सबैभन्दा बढी ५ वटा स्थानीय तहमा जित हासिल गरेर पहिलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ।

    भने माओबादी केन्द्रले अहिलेसम्म एउटा पनि खाता खोल्न सकेको छैन। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ।

    नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

    नेकपा एमालेले अहिलेसम्म मनाङको  ङिस्याङ गाउँपालिका कान्छा घले, मनाङकै चामे गाउँपालिकामा  लोकेन्द्रबहादुर घले, डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा धावा सम्डुङ गुरुङ मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका  लोप्साङ छोम्पेल विष्ट र मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजिन नामगेल गुरुङ विजयी भएका छन्।

    त्यसैगरी नेपाली कांग्रेसले अहिलेसम्म दोश्रो स्थान हात पारेको छ।  कांग्रेसले अहिलेसम्म मनाङको नार्पा भूमी गाँउपालिकामा कोन्जो तेन्जीङ लामा, मनाङकै  नासोँ गाउँपालिका धनबहादुर गुरुङ र मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन विजयी भएका छन्।

    नेकपा एकीकृत समाजवादी दुई स्थानीय तहका प्रमुखमा विजयी हासिल गर्दै तेश्रो भएको छ।  उसले अहिलेसम्म डोल्पाको छार्का साङतोङ गाउँपालिका  सेनाङ गुरुङ र डोल्पाको काइके गाउँपालिका  अंगदकुमार राना विजयी भएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend