काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । गुरुङ ८ सय ७६ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित भएकी छिन् । ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा काँग्रेसकी धेच आङमोले ६ सय ७७ मत पाएकी छन् ।