
बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म १४ सय मत गणना सकिएको छ ।
जसमध्ये कांग्रेसका उमेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेका छन् । एमालेकी सावित्रा अर्यालले २९४ मत प्राप्त गरेकी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend